सूर्यदर्शन सहकारी ठगी : ३६ जना अझै फरार
पोखरा । नेपालकै चर्चित सहकारी घोटाला पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कम्पनी र व्यक्तिसहित प्रतिवादी कायम गरिएको छ । सहकारीका पूर्व अध्यक्ष तथा गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबू राई (जीबी) र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहितलाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान गरेको हो । सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले शुक्रबार र आइतबार छुट्टाछुट्टै अभियोगपत्र दायर गरेको हो ।
अभियोगपत्र अनुसार मुद्दा दर्ता भएका मध्ये १४ जना थुनामै छन् । बाँकी ३६ जना फरार छन् । सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माका अनुसार सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ । राई, लामिछानेसहित साझेदार पूर्व डिआईजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, गल्मीकी लीला पछाईविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा परेको हो ।
सहकारीका पूर्व अध्यक्ष जीबी राई, रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी प्रतिवादी छन् । सूर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर, उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सचिव धिरजकुमार दास, पूर्व सचिव अनुज नकर्मी, पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे), सदस्य भविश्वर अर्याल, सदस्य प्रमोद भट्टराई, सदस्य हेमन्त अधिकारी, पूर्व अध्यक्ष भूपेन्द्र राई, सदस्य आइश्मा गुरुङ, सदस्य कविता तामाङ, लेखा समिति सागर केसी, लेखा समिति ललिता तामाङ, लेखा समिति सदस्य दिनेश रोका, लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङ र पूर्व सचिव सुरज श्रेष्ठ पनि प्रतिवादी हुन् ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, बुटवलको सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, नेचर नेष्टका सञ्चालक तथा स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष दीपक लामा, चितवन बहुउद्देश्यीय सहकारीका अध्यक्ष वीरबहादुर रानाभाट, स्वर्णलक्ष्मी सहकारीकी पूर्व अध्यक्ष कल्पनाकुमारी श्रेष्ठ पनि प्रतिवादी हुन् ।
सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, पूर्व उपाध्यक्ष मिना गुरुङ, पूर्व सचिव सूर्यध्वज न्यौपाने, पूर्व कोषाध्यक्ष आरती गुरुङ, पूर्व सदस्यहरू लीलाबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, पेशलकुमार राई, पूर्व लेखा समिति संयोजक शकुन्तला गुरुङ, पूर्व लेखा समिति सदस्यहरू मिश्रकुमारी गुरुङ र रितु ताम्राकार विरुद्ध समेत मुद्दा दर्ता भएको छ ।
यस्तै, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, अनन्तबाबु राई, गोर्खा मल्टी इन्भेष्टमेण्टका सञ्चालक विज्ञान राई, गोर्खा मिडियाका सञ्चालक विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्दिकी, गोर्खा मिडियाका पूर्व व्यवस्थापक लक्ष्मीप्रसाद पौडेल, सहारा सहकारीकी लेखा अधिकृत दीपा न्यौपाने, पोखराका नेत्रपाणि बास्तोला, जीबी निकटकी लीला पछाई र ताप्लेजुङका विश्वविक्रम राईलाई प्रतिवादी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण