युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले काजान सहरमा युक्रेनी ड्रोन हमलाको बदला लिने बताएका छन् ।
सरकारी बैठकलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेनले काजानको एउटा अपार्टमेन्टमा ड्रोनले आक्रमण गरेको आरोप लगाए। योसँगै उनले युक्रेनलाई यसका लागि धेरै गुणा बढी मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका हुन् ।
यसैबीच रुसले आफ्ना सेनाले पूर्वी युक्रेनको युद्ध प्रभावित सहर कुराखोभ नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । युक्रेनले यस दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।
बीबीसी संवाददाता ड्यानी एबरहार्डका अनुसार कजान युक्रेनी सीमाबाट करिब ९०० किलोमिटर टाढा छ। तर यसको बाबजुद, युक्रेनी ड्रोन यस क्षेत्रमा पुग्न सफल भएको थियो।
यसै कारणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा स्वर अपनाउँदै युक्रेनलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् । शनिबार रूसी सहर काजानका अधिकारीहरूले सहरमा युक्रेनी ड्रोनले आक्रमण गरेको जानकारी दिएका थिए ।
सामाजिक सञ्जालमा देखा परेका तस्बिर र भिडियोका अनुसार यी ड्रोनले कजानमा कम्तीमा दुईवटा बहुतले भवनमा आक्रमण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
-
२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा
-
गाजामा राहत सामग्री पुर्याउन गइरहेको डुङ्गामा ड्रोन हमला