युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले काजान सहरमा युक्रेनी ड्रोन हमलाको बदला लिने बताएका छन् ।
सरकारी बैठकलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेनले काजानको एउटा अपार्टमेन्टमा ड्रोनले आक्रमण गरेको आरोप लगाए। योसँगै उनले युक्रेनलाई यसका लागि धेरै गुणा बढी मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका हुन् ।
यसैबीच रुसले आफ्ना सेनाले पूर्वी युक्रेनको युद्ध प्रभावित सहर कुराखोभ नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । युक्रेनले यस दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।
बीबीसी संवाददाता ड्यानी एबरहार्डका अनुसार कजान युक्रेनी सीमाबाट करिब ९०० किलोमिटर टाढा छ। तर यसको बाबजुद, युक्रेनी ड्रोन यस क्षेत्रमा पुग्न सफल भएको थियो।
यसै कारणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा स्वर अपनाउँदै युक्रेनलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् । शनिबार रूसी सहर काजानका अधिकारीहरूले सहरमा युक्रेनी ड्रोनले आक्रमण गरेको जानकारी दिएका थिए ।
सामाजिक सञ्जालमा देखा परेका तस्बिर र भिडियोका अनुसार यी ड्रोनले कजानमा कम्तीमा दुईवटा बहुतले भवनमा आक्रमण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण