पुष्पाले तोड्यो बाहुबलीको रेकर्ड
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’ हलमा रिलिज भएको १८ दिन भइसक्यो । तर अझै दर्शकमाथि फिल्मको जादु हटेको छैन । फिल्मले शानदार कमाइ गरिरहेको छ । भारतको बक्स अफिसमा हजार करोड भारुको स्तर पार गरेर फिल्मले बाहुबली–२ को रेकर्ड पनि तोडिदिएको छ ।
आइतबार फिल्मले ३३ करोड २५ लाख भारुको कलेक्सन गरेको थियो । यसमध्ये २६ अर्ब ७५ करोड भारु हिन्दी बजारमा मात्रै भएको थियो । योसँगै भारतमा फिल्मको कुल नेट कलेक्सन १०६२ करोड ९० लाख भारु पुगेको छ ।
भारतीय बक्स अफिसमा बाहुबलीको कलेक्सन १०३२ करोड ४२ लाख भारु थियो । हिन्दीमा पनि पुष्पा २ ७०० करोड क्लबमा छिर्ने क्रममा छ । यो आफैँमा अर्को एउटा रेकर्ड हुनेछ ।
विश्वभर ‘पुष्पा २’ को कुल कलेक्सन १५०० करोड भारु नाघेको छ । योसँगै फिल्म सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । ‘पुष्पा २’ लाई सुकुमारले निर्देशन गरेका हुन् । यसको कथा पनि सुकुमारकै हो । फिल्ममा रश्मिका मन्डन्ना, फहद फाजिल र जगपति बाबुको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण