इसेवा वालेटमा समस्या, भएको के हो ?
सोमबार, ०८ पुस २०८१, २० : ५७
वालेट कम्पनी इसेवामा समस्या देखिएको छ । सोमबार अपराह्नदेखि इसेवामा रकम लोड नहुने तथा एक अकाउन्टबाट अर्को अकाउन्टमा रकम नजाने जस्ता समस्या देखिएको छ ।
यसैबिच इसेवाले एक सूचनामार्फत प्राविधिक कठिनाइका कारण इसेवाका सेवाहरु केही समयका लागि अस्थायी रुपमा अवरुद्ध भएको जनाएकाे छ ।
आफ्नो प्राविधिक टोली चाँडोभन्दा चाँडो समस्याको समाधानमा सक्रियतापूर्वक लागिरहेको सूचनामा उल्लेख छ ।
कम्पनीले यसबाट पर्न जाने असुविधाका लागि ग्राहकवर्गसँग माफी मागेको छ ।
अपडेट: यसैबीच इसेवाले प्राविधिक समस्या पूर्णरुपमा समाधान गरिएको जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण