अपराध
ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या
मङ्गलबार, ०९ पुस २०८१, १३ : २६
ललितपुरमा । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।
गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलले काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जानकारी दिए । आपसी विवादका क्रममा एकाएक भट्टले चक्का प्रहार गरेको बताइएको छ ।
राति ९ बजेर २० मिनेटतिर भएको उक्त घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।
मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण