विद्यालयमा आक्रमण गर्ने चिनियाँ पुरुषलाई मृत्युदण्डको सजाय
बेइजिङ । मध्य चीनको एउटा प्राथमिक विद्यालयबाहिर कारले भिडलाई कुल्चिँदा एक दर्जनभन्दा धेरै बालबालिकाको मृत्यु भएको घटनामा अदालतले कार चालकलाई निलम्बित हुन सक्ने गरी मृत्युदण्डको सजाय दिएको छ ।
नोभेम्बर १९ मा चाङदे सहरमा भएको उक्त दुघर्टनामा १८ जना विद्यार्थी समेत ३१ जना घाइते भएका थिए । त्यतिबेला चीनमा एक हप्ताभित्र भिडलाई लक्षित गरेर भएको यो तेस्रो आक्रमण थियो ।
२ वर्षको निलम्बनको अवधिमा अरु अपराध गरेनन् भने हुआङ वेनको मृत्युदण्डको सजायलाई आजिवन काराबासमा परिणत गरिनेछ । अदालतको यो फैसला पछि सामाजिक सञ्जाल गर्माएको छ । केही प्रयोगकर्ताले अदालत हुआङमाथि उदार भएको आरोप लगाइरहेका छन् ।
लगानी गुमाएको अनि परिवारमा झैझगडा र द्वन्द्वको सामना गरिरहेको समयमा रिसको झोका हुआङले भिडमाथि गाडी चलाएको एउटा विज्ञप्तिमा अदालतले भनेको छ ।
सो घटनामा ठ्याक्कै कति जना घाइते भएका थिए भन्ने कुरा पहिलो पटक बाहिर आएको हो । उक्त घटनाबारे सामाजिक सञ्जालमा कयौँ पोस्ट भएका थिए । तर यस्ता कयौँ पोस्ट हटाइएको थियो ।
यो घटनाको केही दिन अघि पारपाचुकेका क्रममा श्रीमतीलाई गुजारा भत्ता र सम्पत्ति दिने विषयमा बेखुसी एक पुरुषले जुहाईमा भीडमाथि कार चलाएर ३५ जना मारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण