नागढुंगादेखि मुग्लिङसम्म ३ ठाउँमा सवारीसाधन रोकेर सडक कटान गरिँदै
काठमाडौँ । काठमाडौँको नागढुंगादेखि धादिङ हुँदै चितवनको मुग्लिङसम्मको सडकका विभिन्न स्थानमा सवारीसाधन रोकेर सडक कटान गर्न थालिएको छ । मलेखु–मुग्लिङ खण्डमा पर्ने विशालटार, नौबिसे–मलेखुमा पर्ने पोखरे र धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित सिस्ने खोला क्षेत्रमा मोड सुधार गर्न ‘हिल स्लोप कटिङ’ सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले सो क्षेत्रमा आंशिक रूपमा सडक बन्द हुनेबारे यसअघि सूचना प्रकाशन गरेको थियो । सडक कटान सुरु भएको क्षेत्रमा मध्याह्न ११ बजेदेखि २ बजेसम्म पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
प्रहरीले सो क्षेत्रमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधनलाई चल्न दिएको छैन । एसपी सुवेदीले भने, ‘पुस १३ गतेसम्म सडक निर्माण र विस्तारका लागि सो क्षेत्रमा मध्याह्न ३ घण्टा सवारी साधन चल्न नदिने निर्णय गरिएको छ ।’
प्रहरीले सडक कटान गर्नुपर्ने क्षेत्रमा समय तोकेर मोटरसाइकल पनि सञ्चालनमा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण