संविधान कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताए । उनले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए । उनले संविधान कार्यान्वयनका क्रममा आएका अप्ठ्याराहरूको विकल्पमा जान सकिने बताए ।
अध्यक्ष दाहालले केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस गरेको बताए । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको उनले बताए ।
उनले भने, ‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो ।’
अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सम्प्रेषणहरू गर्न जरुरी रहेको बताए । उनले उपलब्धिहरूको सम्प्रेषण राम्रोसँग नहुँदा समस्याहरु पैदा भइरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण