म्यानमारबाट उद्धार गरेर थप एक नेपालीलाई स्वदेश फर्काइयो
काठमाडौँ । दलालको प्रलोभनमा परेर म्यानमार पुर्याइएकी एक नेपाली महिलालाई स्वदेश फर्काइएको छ ।
म्यानमारको मेवाडीमा अलपत्र परेपछि उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै ५ जनालाई थाइल्याण्डमा ल्याइएकोमा चार जना (पुरुष) डिसेम्बर १७ मा स्वदेश फर्किसकेकामा मंगलबार बाँकी एक जना महिलालाई पनि मंगलबार स्वदेश पठाइएको थाइल्याण्डस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
डिसेम्बर १७ मा थाइ सरकारी निकाय आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा ४ जनालाई नेपाल फर्काइएको थियो । जसअनुसार म्यानमारबाट उद्धार भएकी बाँकी एक महिलालाई पनि मंगलबार नेपाल पठाएको दूतावासले जनाएको छ ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका अनुरोध गरेको छ ।
यसअघि सोमबार परराष्ट्र मन्त्रालयले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले तीन बुँदे ट्राभल एडभाइजरी जारी गरेको थियो । पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभन दिएर भिजिट भिसामा मानव तस्करहरुले यी देशमा लैजाने र श्रम शोषणका साथै अलपत्र बनाउने क्रम बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण