अमेरिकाको सपना देखाएर मानव बेचबिखन : यूएईबाट नेपाल ल्याएर अनुसन्धान
मङ्गलबार, ०९ पुस २०८१, १६ : ४८
_AmW9KkAhFi.jpg)
काठमाडौँ । अमेरिका सपना देखाएर मानव बेचबिखन गरेको गर्ने निराजन नेपालीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।
‘अमेरिकामा ६ लाख सम्म तलब हुन्छ’ भनेर पीडितलाई उनले दुबईमा लगेर बन्धक बनाएको आरोप छ । जाहेरवालासँग उनले १४ लाख ८० हजार रुपैयाँ लिएका थिए । आरोपीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । मङ्सिर २५ मा काठमाडौँमा ल्याएर उनीबिरुद्ध अनुसन्धान भइरहेको एसपी रिमालले जानकारी दिए ।
नेपालीको गिरोहमा आबद्ध ४ जना फरार छन् । अमेरिका सपना देखाएर उनीहरूले ८० लाखसम्म लिने गरेको पीडितहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु