अमेरिकाको सपना देखाएर मानव बेचबिखन : यूएईबाट नेपाल ल्याएर अनुसन्धान
मङ्गलबार, ०९ पुस २०८१, १६ : ४८
काठमाडौँ । अमेरिका सपना देखाएर मानव बेचबिखन गरेको गर्ने निराजन नेपालीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।
‘अमेरिकामा ६ लाख सम्म तलब हुन्छ’ भनेर पीडितलाई उनले दुबईमा लगेर बन्धक बनाएको आरोप छ । जाहेरवालासँग उनले १४ लाख ८० हजार रुपैयाँ लिएका थिए । आरोपीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । मङ्सिर २५ मा काठमाडौँमा ल्याएर उनीबिरुद्ध अनुसन्धान भइरहेको एसपी रिमालले जानकारी दिए ।
नेपालीको गिरोहमा आबद्ध ४ जना फरार छन् । अमेरिका सपना देखाएर उनीहरूले ८० लाखसम्म लिने गरेको पीडितहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण