पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई मंगलबार ज्ञापनपत्र बुझाएर रास्वपाले निषेधित क्षेत्र हटाउन आग्रह गरेको हो ।
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा कात्तिक २ गते पक्राउ गरेपछि ३ गतेदेखि शहिदचोक क्षेत्रलाई निषेध गरिएको छ ।
‘निषेधित क्षेत्र तोकिएको कारण सभापति लामिछानेलाई अदालत उपस्थित गराउने दिन सहिदचोकदेखि लेकसाइडको स्ट्रिट–१ सम्मको सडकमा सवारी आवागमन समेत रोकिँदा यात्रुले सास्ती खेप्नु परिरहेको तथा जनजीवन प्रभावित परिरहेको छ,’ रास्वपा भन्छ, ‘अदालती प्रक्रियालाई पूर्णरुपमा सघाउने पार्टी सचिवालयको निर्णय समेतका आधारमा निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ ।’
निषेधित क्षेत्र तोक्दा पोखराको पर्यटनमै असर परेको रास्वपाको गुनासो छ । ‘पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड प्रवेशको मुख्यमार्गमा नै दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरुको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको छ,’ जिल्ला सभापति यदुनाथ अधिकारीले भने, ‘अग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सवसहितका कार्यक्रमहरूलाई समेत मध्येनजर गरी निषेधित क्षेत्र हटाइयोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण