मदनकृष्णको ‘हृदयकी रानी’ बनिन् कोमल ओली
बुधबार, १० पुस २०८१, ०९ : ५०
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘हृदयकी रानी’ सार्वजनिक भएको छ । गीतकार तथा नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको शब्द, कृति न्यौपानेको सङ्गीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।
गीतको भिडियोमा मदनकृष्ण र गायिका कोमल ओलीको अभिनय देख्न सकिन्छ । मदनकृष्ण र कोमलको अलावा विमल अधिकारी र स्मारिका ढकालको समेत अभिनय छ ।
भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । ७४ वर्षको उमेरमा अचानक आफ्नो प्रेमिकालाई भेटेपछि त्यो बेला टुटेको प्रेमको सम्झना गर्दै भिडियो सुरुवात हुन्छ । भिडियोमा ग्रामीण शैलीका सामग्रीहरू पनि प्रस्तुत गरिएको देखिन्छ भिडियोमा उत्सव दाहालको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफी विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण