सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छ: सञ्चारमन्त्री
_0GXE73mKzY.jpg)
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्यो भन्नु गलत भएको उनको भनाइ छ ।
गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानूनी भएको उनले बताए ।
सरकारका प्रवक्ता समेत रहेका गुरुङले सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिए । त्यस्तै उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा राखे ।
एआईको प्रयोग सम्बन्धी नीति ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता