मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने बढे, यूएई आकर्षक गन्तव्य

काठमाडौँ । मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा कुल ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । यस आधारमा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा झन्डै १४ हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार कात्तिक महिनामा म्यानपावरमार्फत जान चाहने २८ हजार ८६८ जनाको श्रम स्वीकृति भएको छ । जसमा पुरुष २६ हजार ४९ जना र महिला २ हजार ८१९ जना रहेका छन् ।
यसैगरी व्यक्तिगत तवरबाट १३ हजार ५९ जना, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
तथ्यांकअनुसार मंसिर महिनामा यूएई जानका लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । यूएईका लागि २४ हजार ७६९, साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा १०० देशमा काम गर्नका लागि नेपालीले श्रम स्वीकृति लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका