मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने बढे, यूएई आकर्षक गन्तव्य
काठमाडौँ । मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा कुल ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । यस आधारमा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा झन्डै १४ हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार कात्तिक महिनामा म्यानपावरमार्फत जान चाहने २८ हजार ८६८ जनाको श्रम स्वीकृति भएको छ । जसमा पुरुष २६ हजार ४९ जना र महिला २ हजार ८१९ जना रहेका छन् ।
यसैगरी व्यक्तिगत तवरबाट १३ हजार ५९ जना, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
तथ्यांकअनुसार मंसिर महिनामा यूएई जानका लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । यूएईका लागि २४ हजार ७६९, साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा १०० देशमा काम गर्नका लागि नेपालीले श्रम स्वीकृति लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण