प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा छनोट हुन गाह्रो छ’
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लब आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर बन्दै गएको बताएका छन् ।
म्यानचेस्टर सिटी प्रिमियर लिगको साबिक विजेता हो । म्यानचेस्टर सिटीले सन् २०२०–२१ सिजनयता लगातार चारपटक प्रिमियर लिगको उपाधि जितिसकेको छ । म्यानचेस्टर सिटी लगातार १४ पटक च्याम्पियन्स लिगमा छनोट हुने क्लब हो ।
इङ्ल्यान्डका क्लबमध्ये आर्सनल र म्यानचेस्टर युनाइटेड मात्र लगातार योभन्दा बढी पटक च्याम्पियन्स लिगमा छनोट भएका छन् । जारी सिजनको प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीको प्रदर्शन निकै निराशाजनक छ ।
हालसम्म १७ खेल खेलेको म्यानचेस्टर सिटी केवल २७ अंकसहित तालिकाको सातौँ स्थानमा छ । आठ जित, तीन बराबरी र ६ हारको नतिजा निकालेको छ । तालिकाको चौथो स्थानमा आसिन नटिङ्घम फरेष्टभन्दा म्यानचेस्टर सिटी चार अंकले पछाडि छ ।
प्रिमियर लिगबाट माथिल्लो चार स्थानमा रहने टोली च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । प्रिमियर लिग तालिकाको पाँचौँ स्थानमा आसिन बर्नमाउथ र छैटौँ स्थानमा आसिन एस्टन भिल्लाको २८–२८ अंक छ ।
प्रिमियर लिग तालिकामा १६ खेल खेलेको लिभरपुल ३९ अंकसहित पहिलो, १७ खेल सकेको चेल्सी ३५ अंकसहित दोस्रो र समान खेल खेलेको आर्सनल ३३ अंकसहित तेस्रो स्थानमा छन् । त्यसैले प्रशिक्षक ग्वार्डिओलाले आफ्नो क्लबको बारेमा यस्तो अप्रिय टिप्पणी गरेका हुन् ।
‘मैले यहि कुरा पहिलेभन्दा मलाई हाँसोको पात्र बनाइयो । सबैलाई लाग्थ्यो च्याम्पियन्स लिगमा छनोट हुने ठुलो कुरा होइन । तर, अहिले आएर हामी हरेक खेलपछि च्याम्पियन्स लिग यात्राबाट थप एक कदम पछाडि सरिरहेका छौँ,’ प्रशिक्षक ग्वार्डिओला भन्छन् ।
ग्वार्डिओलाले अन्य इङ्लिस क्लबको वर्तमान अवस्थाका बारेमा आफू राम्रो जानकार रहेको पनि बताएका छन् । उनले अन्य क्लबहरुको प्रदर्शनमा निरन्तर सुधार आइरहेको बताए । ‘बक्सिङ डे’ मा म्यानचेस्टर सिटीले घरेलु मैदानमा एभर्टनको सामना गर्दै छ ।
त्यसपछि म्यानचेस्टर सिटीले डिसेम्बर २९ तारिखमा लेस्ट सिटीको मैदानमा खेल्नेछ । जनवरी ४ तारिखमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा वेस्ट हामको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण