समस्याग्रस्त घोषणा
कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का
बिहीबार, ११ पुस २०८१, ११ : ३३
काठमाडौँ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।
समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकको जिम्मा आफैँले लिएको छ । त्यसपछि आज, बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । मंगलबार कारोबार बन्द हुँदा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थियो । पछिल्लो एक वर्षको अवधिमा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता कम्तीमा ३२० र बढीमा ८७० कायम भएको छ ।
राष्ट्र बैंकले यसअघि नेपाल बैंक, एनबी बैंकजस्ता ‘क’ वर्गका बैंक पनि टेकओभर गरेर स्थिति सुधार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण