सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताएकी छन् । बिहीबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले नागरिकका मुद्दाहरूमा काम गरिरहेको बताएकी हुन् ।
मन्त्री राणाले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरूबाट खुसी भएको उल्लेख गरिन् । उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गरिन् ।
मन्त्री राणाले देशमा आएका संकटहरुको समाधानका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताइन् । उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताइन् । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताइन् ।
मन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताइन् । उनले देशको आवश्यकता हेरेर एक्सनमा जानुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण