अर्सना र ममतालाई स्वर्ण
बिहीबार, ११ पुस २०८१, १९ : ३०
काठमाडौँ । वडा १७ की अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । अर्सना यु–१२ गर्ल्स सिंगल्स तथा ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा पहिलो भए ।
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंःमा भइरहेको प्रतियोगिताको यु–१२ गर्ल्स सिंगल्स फाइनलमा अर्सनाले वडा १६ की काभ्या शाक्यलाई १५–१३, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरिन् । वडा १९ की मेरिशा श्रेष्ठ र वडा ८ की सुहाना महर्जन तेस्रो भए ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्सको फाइनलमा ममताले वडा ११ की शर्मिला शाक्यलाई सीधा सेटमा ११–४, ११–८ र ११–४ ले हराइन् । वडा १६ की राधा डंगोल र वडा ९ की विजेता बज्राचार्य तेस्रो स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण