भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रचण्ड गरे दुःख व्यक्त
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार शोक वक्तव्य निकाल्दै प्रचण्डले आफू पहिलो पटक सन् २००८ मा प्रधानमन्त्री हुँदा सिंहले न्यानो आतिथ्यता दिएको समेत स्मरण गरेका छन् ।
पहिलोपटक भारत भ्रमणको क्रममा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विषयमा व्यापक र स्पष्ट छलफल भएको, विश्वव्यापी मुद्दाहरु, क्षेत्रीय राजनीति सम्बन्धमा भएका वार्ताहरु सम्झिरने प्रचण्डले उल्लेख गरेका छन् ।
‘भारतका सम्माननीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनको दुखद खबर सुनेर म अत्यन्तै दुःखी छु। सन् २००८ मा नेपालको गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा उहाँको न्यानो आतिथ्यताको अनुभव गर्ने सुअवसर पाएको थिएँ। त्यो भ्रमणको क्रममा हामीले नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विषयमा व्यापक र स्पष्ट छलफल गरेका थियौं’, सिंहको निधनमा दुःख व्यक्त गर्दै उनले लेखेका छन्, ‘म विश्वव्यापी मुद्दाहरू, क्षेत्रीय राजनीति र भारत–नेपाल सम्बन्धमा वर्षौंदेखि हाम्रो निरन्तर वार्तालापहरू पनि सम्झन्छु। उहाँको बुद्धि, दृष्टि, र हाम्रा राष्ट्रहरू बीच बलियो सम्बन्ध बढाउनको लागि समर्पण सधैं सम्झिरहनेछ।’
सिंहप्रति हार्दिक श्रद्धाञ्जली दिँदै उलने परिवार, भारतका जनता र भारत सरकारप्रति गहिरो समवेदना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण