प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपे : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन् । शुक्रबार चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबिच गठबन्धन गर्नुपरेको समेत बताए ।
३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनले बताए । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायित्व र विकासका लागि भएको जिकिर गरे । अहिले ठूला दल मिलेर सरकार बनाएपनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनको भनाइ छ ।
त्यस्तै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताए । पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको पोखरेलले बताए । अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको उनले बताए ।
निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टी भित्रै प्रभावकारी भूमिका खेल्न र भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?