शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले हाल कायम रहेको पाठ्यक्रमले प्रभावकारी रुपमा व्यावसायिक जनशक्ति उत्पादन गर्न नसकेको बताए ।
शुक्रवार मकवानपुर बहुमुखी क्याम्पसको व्यवसाय इक्युवेशन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले बजारको माग अनुसारको व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादनमा शिक्षालाई जोड्न आवश्यक रहेको बताए । व्यावसायिक र व्यवहारिक शिक्षासहित बजारको माग अनुसारको जनशक्ति उत्पादनमा अग्रसर हुन जरुरी रहेको उनको भनाई छ ।
उनका अनुसार औद्योगिक क्षेत्रसँग समन्वय गरेर अध्ययन अध्यापनको मोडल निर्माण गर्नुपर्छ । उक्त कार्यमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए । कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विधार्थी पलायन हाल कै गतिमा हुने हो भने निकट भविष्यमा नेपाल वृद्ध आश्रमको देश बन्ने बताए ।
उनले विद्यार्थी पलायनलाई रोक्न व्यवसाय इक्युवेशन केन्द्रले सहयोग गर्ने बताए । विद्यार्थीहरूलाई लगनशील रूपमा उत्पादनमा जोड्दै व्यवहारिक शिक्षामा जोड्नु पर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।
नेपालमा केही हुन्न भन्ने भाक्ष्यलाई चिर्न सरकारले शिक्षालाई व्यवहारिक बनाउन जरुरी रहेको उनले बताए । क्याम्पसले विद्यार्थीकै समष्टिगत विकासका लागि उक्त व्यवसाय इक्युवेशन सेन्टरको स्थापना गरेको क्याम्पस प्रमुख यमप्रसाद सिलवालले जानकारी दिए ।
विद्यार्थीहरूको ज्ञान सिप क्षमता र सिकाइलाई व्यावसायिक रूपमा अघि बढाउन सेन्टरले भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । विद्यार्थीहरूमा नवप्रवर्तन प्रतिको लगाव बढाउने, व्यावसायिक सोच तथा मनस्थितिको विकास, पेसा व्यावसायिक अभिवृद्धि गरेर उद्यमशीलता र रोजगारीको अवसर सृजना गर्नु सेन्टरको प्रमुख धेय रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण