जनकपुरमा बोल्ट्सको भव्य स्वागत
शुक्रबार, १२ पुस २०८१, १६ : ३७
जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
मधेस प्रदेशको सबै आठ जिल्लामा चार दिने ट्रफी परेड गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको हो । जनकपुरका चोक–चोकमा स्थानीयहरूले जनकपुर बोल्ट्सलाई स्वागत गरेका थिए । ट्रफी परेड अन्तर्गत शनिबार महोत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ भने तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिने बताइएको छ ।
गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण