औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
शुक्रबार, १२ पुस २०८१, १६ : ५५

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
सुनसरीको इटहरीमा उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको ‘व्यावसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली’ विषयक गोष्ठीमा उनले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताए ।
मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै औद्योगिक कामदारले भोग्नुपरेका समस्याबारे गोष्ठीको निष्कर्षले थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले लगानी सम्मेलन सफल बनाउन उद्योगी व्यवसायीको सल्लाह र सुझाव महत्वपूर्ण हुने भएकाले सो विषयमा पनि सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि