विशेष अदालतमा न्यायाधीश परिवर्तन
काठमाडौँ । न्याय परिषद्ले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले विशेष अदालतमा लामो समयदेखि रहेका न्यायाधीश खुशीप्रसाद थारुको सरुवा गरेको छ। थारुलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरिएको छ। उनको स्थानमा विदुर कोइरालालाई तोक्न परिषद्ले सिफारिस गरेको हो । परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ ।
थारु विशेष अदालतमा मुख्य न्यायाधीश श्रीकान्त पौडेलको टिम हुँदादेखि कायम थिए । परिषद्ले यसपटक उनलाई सरुवा गरेर कोइरालालाई ल्याएको हो । विशेषमा अहिले टेकनारायण कुँवरको नेतृत्वमा रहेको छ। विशेषमा कुँवरसहित पाँच जनाको टोली रहेको छ।
विशेषमा तेजनारायणसिंह राई, रामबहादुर थापा ,मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा सदस्य रहेका छन् । विशेषमा कम्तीमा दुई वटा इजलास गठन हुनेगरी ६ जना न्यायाधीशको दरबन्दी रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गर्ने भ्रष्टाचार मुद्दाहरू विशेषले सुनुवाइ गर्ने गर्दछ । विशेषले पछिल्लो समय निकै प्रशंसायोग्य काम गरिरहेको भनी प्रधानन्यायाधीशले नै तारिफ गर्दै आएका छन् । विशेषले पुराना मुद्दाहरू सकेको छ भने कम्तीमा ६ महिना पुराना मुद्दा मात्र बाँकी राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
-
सेयर बजारमा झिनो गिरावट, कारोबार रकम ४ अर्ब ३४ करोडभन्दा माथि
-
भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने
-
वामपन्थी नेता मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ पुस्तक सार्वजनिक हुने
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त
-
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण