लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
शुक्रबार, १२ पुस २०८१, २२ : ०६
भेन्टियान । लाओसमा डेङ्गुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ र यो वर्ष अहिलेसम्म ११ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको सूचना तथा शिक्षा केन्द्रको प्रतिवेदन अनुसार राजधानी भेन्टियानमा सबैभन्दा बढी पाँच हजार ७६१ जनामा सङ्क्रमण देखिएको छ ।
डेङ्गुका कारण लुआङ प्राबाङ प्रान्तमा चार, राजधानीमा तीन, सेकोङ प्रान्तमा दुई र लुआङ नम्था र भेन्टियाने प्रान्तमा एक–एक गरी ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगको फैलावटलाई नियन्त्रण गर्न र सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयले लाओसमा स्वास्थ्य अधिकारी र चिकित्सा कर्मचारीहरूलाई डेङ्गु ज्वरोको गम्भीर प्रकोप रोक्नको लागि व्यवस्थापन सुधार गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण