मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणधिन विमानस्थल निरीक्षण
शनिबार, १३ पुस २०८१, १३ : २४
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्ज स्थित निर्माणधीन विमानस्थलको निरिक्षण गरेका छन्। शनिबार अछामको कलम बजारको विमानस्थल परिक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन् ।
तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ। मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले २०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिनु भएको छ।
मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरेका छन् । मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परिक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण