मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
शनिबार, १३ पुस २०८१, १४ : ००
काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–१० स्थित न्हुलगाउँमा कुटपिटबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ५३ वर्षीय हिराकाजी गोपालीको काठमाडौँको मित्रपार्कस्थित दिर्घायु अस्पतालमा मृत्यु भएको हो ।
पुस ८ मा राति घर नजिकै आगो तापिरहेको अवस्थामा जयराम गोपाीलीले उनलाई ढुंगा र चिर्पट प्रहार गरेका हुन् । हत्यामा संलग्न जयराम गोपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले रातोपाटीलाई बताए ।
हिराकाजीको शुक्रवार मध्यान्ह मृत्यु भएको हो । आरोपीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गरिरहेको थियो । पीडितको मृत्युभएसँगै सो मुद्दा ज्यानसम्बन्धी कसुरमा रुपान्तरण गरिने डीएसपी अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण