भण्डारीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालय स्कुल अफ डेमोक्रेसी गठन
शनिबार, १३ पुस २०८१, १८ : १२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्कुल अफ डेमोक्रेसीकाे अध्यक्षमा गणेशराज भण्डारी चयन भएका छन्। भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ।
उपाध्यक्षहरूमा दुर्जन कार्की, रिचा मण्डेल धानुक, गोविन्द भट्टराई, सुनिल विक र मनिष ओझा चयन भएका छन्। त्यस्तै सचिवमा दीपक ढकाल, सहसचिवहरूमा शीतल लिम्बु, प्रेमराज नउन्याल, रमेश प्रसाद जोशी र दिनेश राज जोशी रहेका छन्। त्यस्तै कोषाध्यक्षमा प्रतीक्षा खड्का रहेका छन्।