श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै उनको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । समितिमा प्रस्तावित राजदूतको सुनुवाइ पछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
सभापति न्यौपानेले समावेशीताका आधारमा राजदूत नियुक्त गर्न यसअघि ध्यानाकर्षण गराएपछि सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर त्यही अनुसारको सिफारिस गरेको भन्दै धन्यवाद दिइन् । आगामी दिनमा पनि संविधानको भावना अनुसार समावेशीताका आधारमा सिफारिस हुने उनको विश्वास छ ।
त्यसअघि संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत नेपालीले श्रीलङ्कासँग आर्थिक कूटनीतिलाई अघि बढाउने र मुलुकको आर्थिक विकासका लागि भूमिका खेल्ने बताए । त्यस्तै उनले धार्मिक पर्यटन वृद्धि गर्न पनि श्रीलङ्कामा आवश्यक काम गर्ने जिकिर गरे ।
संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयासको कारण ‘ह्वीललक’को विषयमा युवक र महानगर प्रहरी बिचको विवाद
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण