विवादका बिच ओलम्पिक कमिटीमा जीवनराम निर्वाचित भएको घोषणा
काठमाडौँ । सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशलाई अटेर गर्दै गरिएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनबाट जीवनराम श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको छ ।
आइतबार राति ओलम्पिक कमिटीले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठ नेतृत्वको नयाँ कमिटी बनेको र त्यसपछि बसेको बैठकले विभिन्न निर्णय गरेको उल्लेख गरिएको छ ।
पुस १३ र १४ गते बसेको बैठकले नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र नेपाल भारोत्तोलन संघका निवर्तमान अध्यक्ष रतन कुमार टण्डनलाई ओलम्पिक कमिटीको विधान अनुसार मानार्थ उपाध्यक्षमा मनोनयन गरिएको छ ।
यस्तै नेपाल ओलम्पिक कमिटीको तर्फबाट कुनै पनि अड्डा अदालतमा कानुनी काम कारबाही गर्न उपाध्यक्ष चतुरानन्द राज वैद्यलाई कमिटीको तर्फबाट अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै कमिटीको निर्वाचन सफलताका साथ सम्पन्न गरेको भन्दै निर्वाचन आयोगका संयोजक अधिवक्ता वसन्त बहादुर बस्नेत, अधिवक्ता संजिब कुमार आचार्य, अधिवक्ता इन्दु कार्की, अनलाइन निर्वाचन प्रणाली सेवा प्रदान गर्ने टिमलगायतलाई पनि धन्यवाद ज्ञापन गरिएको छ । सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशलाई अटेर गर्दै निर्वाचन गरेको भनेर विवाद भने बढ्दो क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसानलाई रासायनिक मलको अभाव
-
विश्वकप फाइनलः मैदानभित्रका ६ सम्भावित ब्याटलहरू
-
भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु
-
बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो
-
एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति
-
बागमती नदीबाट उद्धार गरिएका बालकको उपचारको क्रममा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण