भोजपुर–सङ्खुवासभालाई जोड्ने सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती
भोजपुर । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।
वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले समस्या झेल्नु पर्ने स्थानीयवासीको भनाइ छ । अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले बषौँबाट समस्या भोग्दै आएका छन् । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी नवीन कार्कीले बताए ।
“अरुण नदीमा पुल नहुँदा सिङ्गो उत्तरी क्षेत्रका नागरिकलाई समस्या छ”उनले भने,“नदीवारी षडानन्द क्षेत्रमा सडक कालोपत्र बन्दैछ । तर विडम्बना अरुण नदीमा पुल नै छैन् । यो नदीमा पुल बनिदिए हाम्रो क्षेत्रको विकासमा टेवा पुग्ने थियो ।” बर्खा समयमा पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द हने भएकाले झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ।
यहाँ २०७६ सालबाट फेरी सञ्चालनमा आएको हो । विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेलाबेला बन्द हुने गरेको छ । त्योसँगै पानीको बहाव बढेपछि भने फेरी पूर्णरुपमा बन्द हुने स्थानीयवासीको भनाइ छ । नियमित रुपमा भने करिब ६÷८ महिना मात्र फेरी सञ्चालन हुने गरेको छ ।
हिउँदको समयमा नदी पार गराउनको लागि बिहान ७ बजेबाट बेलुका १० बजेसम्म फेरी सञ्चालन हुने गरेको छ । हाल यही फेरीको सहयताबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक बाह्य जिल्ला आवतजावत गर्दै आएका छन् । फेरीले तत्कालीन समस्या समाधानमा केही राहत मिले पनि स्थायी समस्याको समाधान नरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । यहाँ पक्की पुल निर्माणको लागि पहलकदमी गरिरहेको प्रमुख उदासको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण