बागमती प्रदेशमा दुर्घटना कम गर्न सवारीसाधनको झल्लर र स्टिकर हटाउने अभियान
काठमाडौँ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बागमती प्रदेशको १० जिल्लामा झल्लर र स्टिकर हटाउन थालेको छ । अभियान नै सुरु गरेर प्रदेशभित्र चल्ने ठुला साना सवारीमा जडान गरिएको फोकस लाइट, झल्लर र स्टिकर हटाउन थालिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले जनाएको छ ।
धादिङ, चितवन, काभ्रे, मकवानपुर, रामेछाप, सिन्धुली, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक र रसुवामा चल्ने ७ सय ३२ वटा सवारी साधनको झल्लर, स्टिकर र फोकस लाइट ट्राफिक प्रहरीले हटाएको छ ।
पुस १३ बाट सुरु गरिएको सो अभियान निरन्तर सञ्चालन हुने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनले भने, ‘सवारी साधनमा अनावश्यक रूपमा लगाइएको स्टिकर, झल्लर र फोकस लाइटको कारण दुर्घटनाको जोखिम बढ्ने हुनाले हटाउन लगाइएको हो ।’
ध्वनि प्रदूषण गर्ने प्रेसर हर्न पनि ट्राफिक प्रहरीले हटाएको छ । गाडी कम्पनीले जडान गरेको भन्दा चालकले थप फोकस लाइट जडान गरेर चलाउँदा विपरीत दिशाबाट आउने सवारी साधन चलाउन असहज हुने र दुर्घटनाको जोखिम हुने ट्राफिक प्रहरीका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण