बक्स अफिसमा असफल बन्यो वरुणको बेबी जोन
मुम्बई । वरुण धवनको एक्सन अवतारले दर्शकको मन जित्न असफल भएको छ । उनको पछिल्लो चलचित्र ‘बेबी जोन’ ठुलो अपेक्षाका साथ ठुलो पर्दामा रिलिज गरिएको थियो ।
क्रिसमसमा रिलिज भएको चलचित्र, त्यसमाथि पनि लामो छुट्टीको अवसर । तर, यी कुनै पनि कुराले बक्स अफिसलाई प्रभावित गर्न सकेन । साकनिल्क डटकमको रिपोर्ट अनुसार चलचित्रले पहिलो आइतबार मात्र ४.६१ करोड भारु मात्र कमाउन सक्यो ।
पछिल्लो तथ्यांकअनुसार चलचित्रले पहिलो पाँच दिनमा २८.५१ करोड भारु मात्र कमाउन सकेको छ । जबकि चलचित्रले पहिलो दिन नै ११.२५ करोड भारु कमाउन सफल भएको थियो । त्यसयता भने चलचित्रले खासै ठुलो प्रगति गर्न सकेको छैन ।
अझै पनि अल्लु अर्जुनको पुष्पा २ ले नै बक्स अफिसमा राज गरिरहेको छ । तेस्रो हप्ता हलमा चलिरहेको चलचित्रले आइतबार १४.५३ करोड भारु कमाएको छ ।
धेरै हलहरूबाट बेबी जोन उतारिएको खबरहरू प्राप्त भएका छन् । त्यसको साटो मार्कोको हिन्दी संस्करणलाई लगाइएको छ ।
हिन्दुस्तान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण