नेपाली गीत संगीतहरु गुणस्तरीय बन्दै गइरहेका छन् : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगीतहरु गुणस्तरीय बन्दै गइरहेका बताएका छन् । सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले नेपाली गीतहरू गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरू विस्थापित हुँदै गइरहेका उल्लेख गरे । उनले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताए । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
उनले भने, ‘सुदूरपश्चिमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपुर्याएका छौँ । यसको अझै विकास गर्नुपर्ने छ ।’
कार्यक्रममा सुदूरपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण