देशलाई सही मार्गमा ल्याउन नयाँ निकास आवश्यक : प्रकाशचन्द्र लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशलाई सही मार्गमा ल्याउन अब नयाँ निकास आवश्यक रहेको बताएका छन् । सत्तासीन पार्टीहरूको अकर्मण्यता र दुष्कर्मका कारण देश भ्रष्टाचारको दलदलमा फसेको उनको जिकिर छ ।
सोमबार राप्रपा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नुवाकोटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लोहनीले सत्ताको दुरुपयोग गरेर देशलाई भ्रष्टाचारको अखडा बनाएको, युवाहरूलाई विदेश पठाएर ठूला दलहरूले कमाई खाने भाँडो बनाएको आरोप लगाए ।
राप्रपाका सहमहामन्त्री झनक प्याकुरेल, केन्द्रीय सदस्यहरू भरत प्रसाद पाठक, जनक पाठकले अधिवेशनलाई सम्बोधन गर्दै सडक संघर्षबाट देशलाई निकास दिनुपर्ने बताए ।
युवा संगठनका सदस्य सचिव निराजन बमले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मुलुकमा देखिएको सबै राजनीतिक विकृति र विंसगतिको विरुद्ध आन्दोलनमा उत्रने बताए । पार्टीले घोषणा गरेको निर्णायक आन्दोलनको लागि युवाहरू तयारी रहनु पर्ने उनले बताए ।
युवा संगठनका निवर्तमान अध्यक्ष फणिराज लोहनीले युवा भनेको परिवर्तनको पक्षधर शक्ति रहेको बताउँदै युवाहरू अघिल्लो मोर्चामा रहेर राष्ट्रियताको आन्दोलनमा होमिने बताए ।
अधिवेशनले प्रकाश गुरुङको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । गुरुङले जिल्लाको ८८ वटा वडामै संगठन विस्तार गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण