पिछडिएका वर्गलाई राज्यको मूलधारमा ल्याउन वर्तमान व्यवस्थाले टेवा पुर्यायो : मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले पिछडिएका वर्गलाई राज्यको मूलधारमा ल्याउन वर्तमान व्यवस्थाले टेवा पुर्याएको बताएका छन् । व्यवस्था परिवर्तनसँगै राज्यले किनारा पारेका सीमान्तकृत र जनजाति समुदायका मानिसहरू पनि राज्य सञ्चालनको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेको उनले बताएका हुन् ।
राक्सिराङ गाउँपालिकाको हाट बजार शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले वर्तमान व्यवस्थाका कारण राक्सिराङ गाउँपालिकाबाटै सन्तबहादुर चेपाङ मन्त्री बन्ने अवसर यही व्यवस्थाबाट पाइएको बताए । पिछडिएको भूगोल, समुदाय तथा क्षेत्रको विकासको उत्थानका लागि बागमती प्रदेश सरकारले काम गर्ने उनको भनाई छ । आफू र आफू नेतृत्वमा रहेको मन्त्रालयले सदैव निम्न वर्गीय समुदायका नागरिकलाई केन्द्रमा राखेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय कृषि उत्पादन वृद्धि गरी आर्थिक अवस्था सुधार गर्न सके समृद्धिको यात्रा पुरा हुनेमा विश्वास व्यक्त गरे ।
राक्सिराङ–५ चैनपुरस्थित हाट बजार स्थलमा चालू आर्थिक वर्षको पहिलो हाट बजार शुभारम्भ गरिएको हो । गाउँपालिकाले हरेक महिनाको १ र १५ गते गरी महिनामा २ दिन सञ्चालन गर्ने हाट बजार होटलहरुका लागि छुट्टै स्टल निर्माण गरिएको छ । गाउँपालिकामा उत्पादित मास, गहत, रायोको साग, मुला, सुन्तला, च्याउ, केरा, जंगली कन्दमूलहरू गिट्ठा, भ्याकुर, तरुल, बाँसबाट बनेका सामग्रीहरू हाटबजारमा बिक्री वितरणमा राखिएका थिए । सो अवसरमा चेपाङ, तामाङ तथा अन्य समुदायले आफ्ना पहिचानसहितका लोक संगीत, संस्कृति र नृत्यहरू प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण