आठ वर्षपछि टुंगियो एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेद मुद्दा
मङ्गलबार, १६ पुस २०८१, १२ : २९
वासिङ्टन डिसी । हलिउड स्टार्स एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेदको मुद्दा टुंगिएको छ । आठ वर्षपछि यी दुईले सम्बन्ध विच्छेदको मुद्दा सल्ट्याएको जोलीको वकिलले सञ्चार माध्यमलाई बताएको भन्दै बीबीसीले समाचार छापेको छ । पिटको वकिलले भने तत्कालै यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैनन् ।
यस जोडीले लामो रिलेसनपछि सन् २०१४ मा बिहे गरेका थिए । जोलीले मिलाउनै नसकिने मतभेदतर्फ औँल्याउँदै सन् २०१६ मा सम्बन्धविच्छेदको लागि याचिका दायर गरेकी थिइन् । योलगत्तै ६ जना सन्तानको विषयलाई लिएर दुबैबीच व्यापक असमझदारी उत्पन्न भएको थियो ।
सन् २०२१ मा एक जना न्यायाधीशले दुबैलाई सन्तानको ‘संयुक्त कष्टडी’ दिएका थिए । सन् २००५ मा मिष्टर एन्ड मिसेज स्मिथको सेटमा भेट भएपछि दुबैबीच प्रेम सम्बन्ध शुरु भएको थियो । यो पिटको दोस्रो र जोलीको तेस्रो बिहे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण