विप्लवको रविलक्षित टिप्पणी– ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट ५÷६ लाखको तलब खानु गलत भएको टिप्पणी गरेका छन् ।
नेकपाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
यस्तै सहकारी पीडितलाई रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ । पीडितलाई न्याय दिलाउन पार्टीको तर्फबाट पनि कार्यदल बनाइएको विप्लवले स्पष्ट पारे ।
‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ’, उनले भने, ‘हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ ।
नेपालमा नवउदारवादी अर्थतन्त्र र त्यससँग जोडिएको दलाल पुँजीवादले जरा गाडेको अवस्थाको अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेको उनले बताए । आन्तनिर्भरबाट नै समृद्धिको दिशातिर लैजान संश्लेषण आवश्यक विप्लवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण