मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
नेकपाको पत्रकार सम्मेलन

विप्लवको रविलक्षित टिप्पणी– ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत

मङ्गलबार, १६ पुस २०८१, १४ : २८
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट ५÷६ लाखको तलब खानु गलत भएको टिप्पणी गरेका छन् । 

नेकपाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

यस्तै सहकारी पीडितलाई रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ । पीडितलाई न्याय दिलाउन पार्टीको तर्फबाट पनि कार्यदल बनाइएको विप्लवले स्पष्ट पारे ।  

‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ’, उनले भने, ‘हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ ।

नेपालमा नवउदारवादी अर्थतन्त्र र त्यससँग जोडिएको दलाल पुँजीवादले जरा गाडेको अवस्थाको अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेको उनले बताए । आन्तनिर्भरबाट नै समृद्धिको दिशातिर लैजान संश्लेषण आवश्यक विप्लवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप