अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद
बुधबार, १७ पुस २०८१, १० : २९
वासिङ्टन डीसी । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ । भर्जिनियामा छापा मार्ने क्रममा १५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ ।
यो अमेरिकाको इतिहासमा बरामद भएका अहिलेसम्मकै सबैभन्दा धेरै विस्फोटक पदार्थ हुन् । आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । उनले हतियार र गोलाबारुद सङ्कलन गरिरहेको जानकारी एफबीआईले प्राप्त गरेको थियो ।
अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ । ब्राडका वकिलले भने उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण