अखिल क्रान्तिकारीसहित पाँच विद्यार्थी सङ्गठन रेक्टर कार्यालयको ढोकामा धर्नामा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी सङ्गठनसहित पाँच विद्यार्थी सङ्गठन त्रिभुवन विश्वविद्यालय रेक्टरको कार्यालयमा धर्नामा बसेका छन् । विभिन्न १० बुँदे माग अघि सारेर रेक्टर प्राडा खड्ग केसीको कार्यकक्ष अगाडि ढोकामा धर्नामा बसेका हुन् ।
मेरिटोक्रेसीको आधारमा क्याम्पस÷विभागीय प्रमुखहरू विना सर्त नियुक्ति गर्नुपर्ने, डाक्टर पुष्कर रैखोला नेतृत्वको छानबिन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
त्यस्तै अध्ययन बिदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरूको यकिन विवरण सार्वजनिक गरी उक्त अर्वाधको सेवा, सुविधा, तलब विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने माग पनि विद्यार्थी सङ्गठनको छ । विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग पनि राखेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराउने पदाधिकारी वा कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र पढ्दै कमाउँदै कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरूलाई अनिवार्य रूपमा संलग्न गराउनुपर्ने माग विद्यार्थी सङ्गठनको छ ।
त्रिवि केन्द्रीय विभागहरूमा अनिवार्य रूपमा मर्निङ÷इभिनिङ कक्षाहरू सञ्चालन गर्नुपर्ने, रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीको खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न तत्काल नयाँ विज्ञापन प्रकाशन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । विश्वविद्यालय रूपान्तरणसँग सम्बन्धित मागहरू पुरा नहुञ्जेलसम्म सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको उनीहरूको भनाई छ ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा धर्नामा बसेका हुन् ।
यसअघि एमाले निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु त्रिवि अध्यक्ष तथा स्ववियु सचिव सिद्धान्त भट्टले १९ दिनसम्म उपकुलपति प्राडा केशरजङ्ग बरालको कार्यकक्ष अगाडि धर्नामा बसेका थिए । विश्वविद्यालयले उनीसँग आइतबार ३५ बुँदे सहमति गरेको थियो । भट्टसँग सहमति गरेको तीन दिनपछि पाँच विद्यार्थी सङ्गठनहरूले रेक्टरको कार्यकक्ष अगाडि धर्ना सुरु गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण