ड्रेसिङ रुमको कुरा लिक भएपछि गम्भीर आक्रोशित
सिड्नी । भारतीय टोलीको ड्रेसिङ रुममा भएको कुराकानी सार्वजनिक भएपछि मुख्य प्रशिक्षक गौतम गम्भीर आक्रोशित भएका छन् । प्रशिक्षकले बिहीबार खेलाडी र प्रशिक्षकबिचको कुराकानी ड्रेसिङ रुममा मात्र सीमित हुनुपर्ने बताए ।
‘यो बाहिर आउनु हुँदैन,’ गम्भीरले ड्रेसिङ रुममा भएको तनावको खबरबारे भने, ‘यी केवल रिपोर्ट हुन् र यसमा कुनै सत्यता छैन ।’ एक दिन अघि मेलबर्न टेस्ट हार्दा गम्भीरले भारतीय खेलाडीलाई गाली गरेको समाचार प्रकाशित भएका थिए ।
अब अन्तिम तथा पाँचौँ टेस्ट सिड्नीमा जनवरी ३ देखि सुरु हुनेछ । ५ खेलको सिरिजमा अस्ट्रेलिया २–१ ले अगाडि छ । भारतलाई सिड्नीमा सिरिज बराबरी गर्ने मौका छ ।
गम्भीरले भने, ‘सबै खेलाडीहरूलाई थाहा छ कुन क्षेत्रमा काम गर्ने। उनीहरूसँग हामीले टेस्ट म्याच कसरी जित्ने भन्ने मात्र कुराकानी गरेका हौँ। प्रशिक्षक र खेलाडीबिचको बहस ड्रेसिङ रुममा मात्र सीमित हुनुपर्छ । जबसम्म ड्रेसिङ रुममा इमानदार मानिसहरू छन्, तबसम्म भारतीय क्रिकेट सुरक्षित हातमा हुनेछ।’
आकाश दीप घाइते, प्रसिद्ध हर्षित कोच गम्भीरका लागि पहिलो मौका थियो आकाश दीपको चोटबारे जानकारी दिने।
आगामी टेस्टका लागि प्लेइङ–११ को प्रश्नमा उनले पिच हेरेर सो कुरा तय गर्ने बताए । घाइते आकाश दीपको स्थानमा हर्षित राना र प्रसिद कृष्णलाई मौका दिने विश्वास गरिएको छ । आकाश दीपले दुई टेस्ट खेलमा जम्मा ८७.५ ओभर बलिङ गरेका छन् । गम्भीरले फास्ट बलर आकाश दीपको ढाडमा चोट लागेको बताए ।
उता अस्ट्रेलियाले आउट अफ फर्म मिचेल मार्सको स्थानमा अन्तिम टेस्टमा बीउ वेबस्टरलाई मौका दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण