एक वर्षयताकै न्यूनस्तरमा ओर्लियो भारतको कारखाना गतिविधि
नयाँ दिल्ली । भारतमा कारखाना क्षेत्रको गतिविधि घटेको छ । नयाँ व्यापार अर्डर र उत्पादनमा सुस्त वृद्धिका कारण २०२४ को अन्तिम महिनामा त्यहाँको औद्योगिक क्षेत्रको गतिविधि घटेर एक वर्षयताकै न्यूनस्तरमा ओर्लिएको हो ।
एचएसबीसीले गरेको सर्वेक्षण अनुसार मौसमी समायोजनपछि डिसेम्बरमा भारतको म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) ५६ दशमलव ४ अंकमा ओर्लिएको छ ।
नोभेम्बरमा यो सूचक ५६ दशमलव ५ अंकमा थियो । कुनै पनि आर्थिक क्षेत्रको पीएमआई गतिविधि ५० अंक भन्दा माथि रहनुलाई सो क्षेत्रमा विस्तार भइरहेको संकेत गर्दछ । औद्योगिक क्षेत्रमा मन्दी आइरहेको थप संकेतहरू आइरहँदा २०२४ मा भारतको उत्पादन गतिविधि नरम भएपनि बलियो रहेको भारतका लागि एचएसबीसीका अर्थशास्त्री इनेश ल्यामले भनेका छन् ।
समीक्षा अवधिमा नयाँ अर्डर वृद्धि सबैभन्दा सुस्त रहेको बताइएको छ । यसले भविष्यमा उत्पादन कमजोर तवरले बढ्ने संकेत गरेको छ । चर्को प्रतिस्पर्धा र मूल्य दबाबका कारण उत्पादन क्षेत्रको वृद्धिमा बाधा पुगेको ल्याम बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण