एक वर्षयताकै न्यूनस्तरमा ओर्लियो भारतको कारखाना गतिविधि

नयाँ दिल्ली । भारतमा कारखाना क्षेत्रको गतिविधि घटेको छ । नयाँ व्यापार अर्डर र उत्पादनमा सुस्त वृद्धिका कारण २०२४ को अन्तिम महिनामा त्यहाँको औद्योगिक क्षेत्रको गतिविधि घटेर एक वर्षयताकै न्यूनस्तरमा ओर्लिएको हो ।
एचएसबीसीले गरेको सर्वेक्षण अनुसार मौसमी समायोजनपछि डिसेम्बरमा भारतको म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) ५६ दशमलव ४ अंकमा ओर्लिएको छ ।
नोभेम्बरमा यो सूचक ५६ दशमलव ५ अंकमा थियो । कुनै पनि आर्थिक क्षेत्रको पीएमआई गतिविधि ५० अंक भन्दा माथि रहनुलाई सो क्षेत्रमा विस्तार भइरहेको संकेत गर्दछ । औद्योगिक क्षेत्रमा मन्दी आइरहेको थप संकेतहरू आइरहँदा २०२४ मा भारतको उत्पादन गतिविधि नरम भएपनि बलियो रहेको भारतका लागि एचएसबीसीका अर्थशास्त्री इनेश ल्यामले भनेका छन् ।
समीक्षा अवधिमा नयाँ अर्डर वृद्धि सबैभन्दा सुस्त रहेको बताइएको छ । यसले भविष्यमा उत्पादन कमजोर तवरले बढ्ने संकेत गरेको छ । चर्को प्रतिस्पर्धा र मूल्य दबाबका कारण उत्पादन क्षेत्रको वृद्धिमा बाधा पुगेको ल्याम बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
-
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश, छलफलका लागि बोलाइयो
-
बजेटमा निजी क्षेत्रको माग : खाडीमा पानी बेचेर करोडौँ विदेशी मुद्रा नेपालमा भित्र्याऔँ
-
सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?
-
बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो
-
‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’