लक्ष्मी स्टील्समा क्रेनले च्यापिएर एक मजदुरको मृत्यु
बिहीबार, १८ पुस २०८१, २१ : ०१
बुटवल । पश्चिम नवलपरासीको सुनवल–७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनमा च्यापिएर एकजना मजदुरको मृत्यु भएको छ ।
कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका–५ का २५ वर्षीय सुरेश चौधरीलाई क्रेनले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कम्पनीमा रड लोड गर्ने क्रममा खुट्टा चिप्लिन पुग्दा नजिकै रहेको क्रेनले च्यापेपछि चौधरी घाइते भएका थिए । उपचारका लागि देवदह मेडिकल कलेज भलुही ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
चौधरी विगत पाँच महिनादेखि लक्ष्मी स्टील्समा लेबरको रूपमा कार्यरत रहेका थिए । क्रेन र क्रेन साहुलाई नियन्त्रणमा लिइएको नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण