एप्पलले किन छुटमा बेच्दैछ आइफोन ?

वासिङ्टन डिसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले विगतमा छुटमा आइफोन बेच्ने गरेको थिएन । तर, पछिल्लो समय स्थानीय ब्रान्डहरूसँग प्रतिस्पर्धा चर्किएपछि एप्पलले चिनियाँ बजारमा छुटमा आइफोन बेच्न थालेको छ ।
जसअनुसार शनिबार अर्थात् जनवरी ४ देखि चार दिने छूट अभियान सञ्चालनमा ल्याउँदैछ । यसमा एप्पलका नयाँ हातेफोनमा ५०० युआन (६८ डलर ५० सेन्ट)सम्मको छूट दिइनेछ । मूल्य युद्ध चर्किरहँदा चिनियाँ फोन निर्माता कम्पनी हुवावेईले पनि हाई–एन्डको मोबाइल फोनमा २० प्रतिशतसम्म मूल्य घटाएको छ ।
चिनियाँ अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले स्थानीय उपभोक्ताहरूले खर्च कम गरिरहेकै समयमा यी छूट दिइएको हो । छूट अफरले आइफोनका नयाँ मोडलका साथै अन्य पुराना मोडल र अन्य उपकरणलाई पनि समेटेको छ ।
सबैभन्दा धेरै छूट आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा ५०० युआन रहेको छ । चीनमा यी दुई फोको शुरुआती मूल्य क्रमशः ७ हजार ९९९ युआन र ९ हजार ९९९ युआन रहेको छ । गएको वर्ष चिनियाँ नयाँ वर्षको सार्वजनिक बिदाको बेलामा पनि एप्पलले चीनमा यस्तै खालको छूट अभियान चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल