एप्पलले किन छुटमा बेच्दैछ आइफोन ?
वासिङ्टन डिसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले विगतमा छुटमा आइफोन बेच्ने गरेको थिएन । तर, पछिल्लो समय स्थानीय ब्रान्डहरूसँग प्रतिस्पर्धा चर्किएपछि एप्पलले चिनियाँ बजारमा छुटमा आइफोन बेच्न थालेको छ ।
जसअनुसार शनिबार अर्थात् जनवरी ४ देखि चार दिने छूट अभियान सञ्चालनमा ल्याउँदैछ । यसमा एप्पलका नयाँ हातेफोनमा ५०० युआन (६८ डलर ५० सेन्ट)सम्मको छूट दिइनेछ । मूल्य युद्ध चर्किरहँदा चिनियाँ फोन निर्माता कम्पनी हुवावेईले पनि हाई–एन्डको मोबाइल फोनमा २० प्रतिशतसम्म मूल्य घटाएको छ ।
चिनियाँ अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले स्थानीय उपभोक्ताहरूले खर्च कम गरिरहेकै समयमा यी छूट दिइएको हो । छूट अफरले आइफोनका नयाँ मोडलका साथै अन्य पुराना मोडल र अन्य उपकरणलाई पनि समेटेको छ ।
सबैभन्दा धेरै छूट आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा ५०० युआन रहेको छ । चीनमा यी दुई फोको शुरुआती मूल्य क्रमशः ७ हजार ९९९ युआन र ९ हजार ९९९ युआन रहेको छ । गएको वर्ष चिनियाँ नयाँ वर्षको सार्वजनिक बिदाको बेलामा पनि एप्पलले चीनमा यस्तै खालको छूट अभियान चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण