रुसमा बशर अल–असदलाई खुवाइएको हो विष ?
मस्को । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असद एक पटक पुनः चर्चामा छन् । तर उनको चर्चाको कारण यस पटक राम्रो भने छैन । परिवारको साथमा रुसमा बसिरहेका असदलाई विष खुवाएर मार्ने कोसिस भएको बताइएको छ ।
सबैभन्दा पहिला यो दाबी रुसका पूर्व जासुस र रुसी विदेशी गुप्तचर एजेन्सीका एक पूर्व सदस्यले गरेका थिए । रुसमा राजनीतिक शरणमा बसिरहेका असदलाई विष दिएर मार्ने कोसिस गरिएको पूर्व रुसी जासुसले टेलिग्राम च्यालन जनरल एसभीआरमा दाबी गरेका हुन् ।
टेलिग्राम च्यालन जनरल एसभीआरमा जारी भएको रिपोर्टका अनुसार आइतबार असदलाई सास फेर्न समस्या हुन थाल्यो, बेचैन बढ्दै गयो । यो लगत्तै डाक्टरको एउटा समूहले उनको उपचार गरेको भए पनि उनको अवस्था बिग्रँदै गएको बताइएको छ ।
स्थिति बिग्रिन थालेपछि उनलाई पानी खान दिइएको र यसपछि उनले केही क्षण राहत महसुस गरेको भए पनि सहनै नसक्ने गरी टाउको दुख्न थालेको र पेटमा पनि पीडा भइरहेको गुनासो गर्न थाले ।
असदको अवस्थाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयलाई जानकारी गराइएको तर पुटिनले असदलाई अस्पतालमा नभएर घरमै उपचार गराउन आदेश दिएको पनि रिपोर्टमा भनिएको छ । रगत परीक्षणको क्रममा उनको शरीरमा विषालु तत्त्व भेटिएको भनिएको छ । तर अहिलेसम्म असदको शरीरमा विष कसरी पुग्यो भन्ने चाँहि पत्ता लाग्न नसकेको बताइएको छ । असदलाई विष खुवाइएको समाचारको रुसले भने मनगढन्ते भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण