स्थायी समिति बैठक
संसद् छलेर सरकार अध्यादेशको बाटोमा गयो, नियत राम्रो देखिएन : माओवादी केन्द्र
शुक्रबार, १९ पुस २०८१, १५ : ५३

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलो गरेकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि असन्तुष्टि पोखेका हुन् ।
‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ । म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ । अहिले पुस १९ गते भइसक्यो सर्वथा बेठिक कुरा भइराखेको छ’, उनले भने, ‘सरकारको नियत राम्रो देखिएको छैन । सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ । त्यो अध्यादेश पनि पार्टीहरूलाई विभाजन गर्नतिर रहेको छ । सरकारको यी गतिविधिले लोकतन्त्रमाथि गम्भीर समस्या हुँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता