अराजकता रोक्न प्रगतिशील कला संस्कृतिको भूमिका महत्त्वपूर्ण: भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसङ्गतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् ।
शुक्रबार काठमाडौँमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू लोकार्पण गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।
उनले सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएका धारणा राखिन् । भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा ईश्वर पोखरेलले खेलेको भूमिकाको प्रसंसा गरिन् । त्यस्तै उनले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ भन्ने मान्यता पोखरेलमा रहेको बताइन् ।
कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई सही तवरले अघि बढाउन आमाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले देशलाई सामाजिक अभिभावक आवश्यक परेकोले राजनीतिभन्दा पर बसेर परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए ।
त्यस्तै पुस्तकका लेखक एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आमाहरूको नायकत्व स्थापित गर्न आफूहरूको तर्फबाट राजनीतिक हिसाबले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।
आमा, सपना र ताराहरू संस्मरण कृतिलाई सांग्रिला प्रकाशनले संग्रहका रूपमा प्रकाशन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण