महरा पुत्र राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । भेपमा लुकाएर सुन तस्करी गर्ने समूहविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको कसुरमा पनि मुद्दा दायर गरिएको छ । पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा रेशम महरा ‘राहुल’सहित ११ जनालाई प्रतिवादी कायम गरेर शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले दायर गरेको अभियोग पत्र अनुसार भेपमार्फत सुन तस्करी गर्ने समूहमा आबद्ध बेल्जियन नागरिक दावा छिरिङसहित ११ जनालाई प्रतिवादी कायम गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीहरुविरुद्ध ८ करोड ५५ लाख २८ हजार तिन सय रुपैयाँ बिगो मागदाबी लिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन नासु रेवन्त खड्का, सिन्धुपल्चोकका दिनेश खड्का, अमृत कार्की, काभ्रे घर भएका राम केशव थापा क्षेत्री, बाँके घर भएका ललित थापा, सुनसरीका वेद प्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगरले, रोल्पा घर भएका राहुल महरा, बेल्जियन नागरिक दावा छिरिङ, सिन्धुपाल्चोकका रोजन राउत र बाजुरा घर भएकी प्रेरणा राउतलाई प्रतिवादी कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण