अमेरिकामा कन्सर्ट गर्दै ‘जोन एन्ड दि लोकल्स’
शनिबार, २० पुस २०८१, १२ : ११
काठमाडौँ । युवापुस्ता माझ चर्चित साङ्गीतिक ब्यान्ड ‘जोन एन्ड दि लोकल्स’ गुन्जिने भएको छ । ‘लाइभ इन डिएमभी’ नाम कन्सर्टमा ब्याण्डका गायक जोन चाम्मिङ राईले साङ्गीतिक प्रस्तुति दिने भएका हुन् ।
डिएमभी सालिसबरी सेन्टर ८८९० म्याथ्युज एभ मानसस भर्जिनियामा यही जनवरी ११ मा आयोजना हुने कन्सर्ट प्रोजेट ऊर्जाले आयोजना गर्न लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर अमेरिकामा रहेका नेपालीहरूलाई साङ्गीतिक मनोरञ्जन दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रोजेट ऊर्जाका सदस्य सुसन तिवारीले बताए ।
कार्यक्रमका लागि गायक जोन चाम्मिङ राई सहित ब्यान्ड ‘जोन एन्ड दि लोकल्स’ अमेरिका पुगिसकेको छ । जोनका हावा जस्तै, फर्किन होला, सोधन लगायत गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण