विभिन्न स्थानमा आगलागीबाट लाखौँको क्षति
शनिबार, २० पुस २०८१, १९ : ३७
काठमाडौँ । भक्तपुरसहित देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
- भक्तपुर, मध्यपुर थिमी नगरपालिका-२ स्थित विवेक जोशीको घरमा काठमाडौँ महानगरपालिका-३२ बस्ने ४८ वर्षीय सुकमान लोप्चनले सञ्चालन गरेको फर्निचर स्टोरमा शुक्रबार दिउँसो आगलागी हुँदा फर्निचरहरू जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
- सङ्खुवासभा, पाँचखपन नगरपालिका-७ वाबुङ बस्ने ७१ वर्षीय मानधोज राईको घर र गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा घर, गोठ, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- मोरङ, रंगेली नगरपालिका-७ स्थित रंगेली अस्पताल परिसरभित्र रहेको घरमा विद्युत् सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा १ थान ल्यापटप, १ थान एसी, लत्ताकपडा लगायतका सरसामान जलेर करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- पाल्पा, तानसेन नगरपालिका-७ प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको सपिङ सेन्टरमा गएराति आगलागी हुँदा ५ थान फ्रिज, १ थान मनिटर, नगद तथा खुद्रा सामानहरू जलेर करिब १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण